ढिलो गरी चीनले दियो बाइडेनलाई बधाई

Advertisement

काठमाडौं , ढिलो गरी चीनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई दिएको छ । बाइडेन निर्वाचित भएको टुँगो लागेको झण्डै एक हप्तापछि चीनले शुक्रबार बधाई दिएको हो । 

अधिकांश देशले बधाई दिइसक्दा पनि चीनले बधाई दिएको थिएन । तर, आज चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिए । 

Advertisement

पत्रकार सम्मलेनमा वाङले भने, ‘हामी अमेरिकी नागरिकको छनोटलाई सम्मान गर्छौं । बाइडेन र ह्यारिसलाई बधाई दिन चाहन्छौं । साथै चुनावी परिणाम अमेरिकी कानुन र प्रक्रियाअनुसार पुष्टि हुन्छ भन्ने अपेक्षा राख्दछौं ।’

हरेक कुरा गर्दा ‘वेट एण्ड सी’ गरेर मात्रै बोल्ने तथा निर्णय गर्ने चिनियाँ नीति देखिन्छ । बाइडेनलाई बधाई दिन बेइजिङले ढिलाई गर्नु अर्थपूर्ण रहेको भन्दै कतिपय सञ्चार माध्यमहरुले समाचार पनि दिएका थिए । 

Advertisement

Advertisement