फ्रान्समा लकडाउन डिसेम्बरसम्म जारी रहने

Advertisement

मस्को । फ्रान्समा कोरोना भाइरसका कारण गरिएको लकडाउन आगामी डिसेम्बर महिनासम्म गरिने बताइएको छ । सो कुराको जानकारी फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेस्कले दिएका हुन् । उनले फ्रान्समा जारी रहेको लकडाउन आगामी डिसेम्बर महिनासम्म नै कायम रहने बताएका हुन् । 

प्रधानमन्त्री क्यास्टेकको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा उनले भनेका छन्– म र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले कम्तीमा आगामी महिनासम्म यो अहिलेको लकडाउन जारी राख्ने निर्णय गरेका छौँ ।

Advertisement

यो लकडानको अवधिमा तोकिएको समयमा भन्दा बाहेक मानिसहरु घरबाट बाहिर निस्कन पाउने छैनन् भने कतिपय प्रतिबन्ध गरिएका सेवाहरु पनि सुचारु गर्न पाइने छैन । केही समयअघि फ्रान्सको सरकारले यहाँ कोरोना भाइरसका संक्रमितहरु पहिलेको तुलनामा निकै नै बढ्न थालेपछि लकडाउन गरिएको छ ।

प्रधानमन्त्री क्यास्टेकले पछिल्लो चरणमा देखा परेको कोरोना भाइरसको प्रभाव निकै नै रहेको देखिएको बताएका छन् । उनका अनुसार फ्रान्समा पछिल्लो हप्ताको तथ्यांक हेर्दा हरेक दिन कम्तीमा पनि ५०० जनाको निधन नै हुने गरेको छ भने दैनिक हजारौँ जना संक्रमितहरु थपिने गरेका छन् ।

यसैले यहाँको सरकारले कडा खालको नाकाबन्दी गरेको छ । यहाँका नागरिकले यस लकडाउनको विरोध पनि गरेका थिए । तर प्रशासनले भने सरकारले गरेको लकडाउनको कार्यान्वयन गराउनका लागि ठूलो निगरानी गरेको जनाएको छ । रासस÷एएनआई 

Advertisement

Advertisement