चार बैंकको पहिलो त्रैमासिकः कस्को अवस्था कस्तो ?

Advertisement

काठमाडौं । शनिबार ४ वटा बाणिज्य बैंकहरुले पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेका छन् । एक नम्बर दावी गर्ने  नविल बैंकदेखि पुछारबाट माथी उठ्न संघर्ष गरिरहेको सिभिल बैंकले शनिबार पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरे । नयाँ पुस्तामा अब्बल बन्ने प्रयास गरिरहेको सानिमा बैंक र बैंक अफ काठमाण्डूले पनि शनिबारलाई नै विवरण सार्वजनिक गर्ने साइतमा पारे । तर यी चारै बैंकको वित्तिय विवरण भने ओरोलो यात्रामा देखिन्छ । 

नविल बैंक
यो बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा एक अर्ब ३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो बैंकले गत आवको सोही अवधीमा एक अर्ब १२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । नविलको वितरणयोग्य नाफा भने एक अर्ब २० करोड रुपैयाँ रहेको छ । 

सिभिल बैंक
पुछारबाट माथि उठ्ने प्रयासमा रहेको सिभिल बैंकको नाफा ९ करोड रुपैयाँमा खुम्चिएको छ । गत आवको पहिलो त्रैमासिकमा सिभिलको नाफा १५ करोड रुपैयाँ थियो । सिभिलको वितरण योग्य नाफा १२ करोड रुपैयाँ ऋणात्मक रहेको छ । 

सानिमा बैंक
नयाँ पुस्ताको बैंकका रुपमा अब्बलता देखाउने प्रयास गरिरहेको सानिमा बैंकको नाफा पनि ३७ करोेड रुपैयाँमा खुम्चिएको छ । बैंकले गत आवको असोज मसान्त अवधीमा ५९९ करोड नाफा आर्जन गरेको थियो । यसपाली भने त्यस्तो नाफा २२ करोडले घटेर ३७ करोडमा खुम्चिएको छ । सानिमाको वितरणयोग्य नाफा पनि १० करोड रुपैयाँले ऋणात्मक छ । 

बिओके
बैंक अफ काठमाण्डू पनि नाफा बढाउन असफल देखिएको छ । यो बैंकले चालु आवको पहिलो त्रैमासिकमा जम्मा २४ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । जबकी गत आवको सोही अवधीमा बैंकको नाफा ३८ करोड रुपैयाँ थियो । बिओकेको पनि वितरण योग्य नाफा भने १२ करोड रुपैयाँले ऋणात्मक रहेको छ । 
 

Advertisement

Advertisement

Advertisement