भाईटिकामा दिदीबहिनीलाई के दिने उपहार ? यस्तो छ टिप्स

Advertisement

काठमाडौं । भाईटिका, दाजुभाई तथा दिदीबहिनीबीचको खास सम्बन्धलाई महत्व दिने पर्व हो । भाईटिकामा तिहारको भाइटीका विशेष गरी दिदीभाइ तथा दाजुबहिनीका लागि महत्त्वपूर्ण पर्व मानिन्छ । तिहारमा चेलीले आफ्ना दाजुभाइलाई उपहार प्रदान गर्छन् भने दाइभाइले पनि उपहार दिन्छन् ।

उपहार सानो होस् वा ठूलो यसले प्राप्त गर्नेको मन हषिर्त तुल्याउँछ । त्यसैले उपहारको कुनै मूल्य हुँदैन । मानिसहरू आफूले पाएको उपहार आफ्नो अमूल्य धनझैं सम्हालेर राख्छन् । उपहारले मानिसको मनोवृत्तिलाई पनि दर्शाउँछ । उपहारले प्रदान गर्नेको मनमा आप्mना लागि कस्तो भावना छ भन्ने कुरा उजागर हुन्छ । त्यसो हुँदा उपहार लेनदेन प्रक्रियामा हार्दिकताको अपेक्षा गरिन्छ ।

Advertisement

बढ्दो बजारीकरणले उपहारको सीमा पनि विस्तृत भएको छ । पहिले(पहिले कपडा, जुत्ता, टोपी, रुमाल, अत्तर आदि वस्तु उपहारका रूपमा दिइन्थ्यो भने अहिले बजारमा पाइने यी वस्तुहरू आवश्यकता हेरी बहिनीलाई दिने चलन छ । तिहारको उपहारमा अब कुनै योजना पर्न सक्छ, कुनै ठाउँको भ्रमण टिकट पर्न सक्छ वा घरायसी प्रयोजनका सामग्रीहरू पनि पर्न सक्छन् ।

पहिरन
तिहारमा उपहारका रूपमा दाजुभाइले दिदीबहिनीलाई पहिरन दिन्छन् । आप्mनो गच्छेअनुसार बहिनीहरूको उमेर हेरी साडी, कुर्ता(सुरुवाल, लेहेंगा, टप्स, पाइन्ट, धोती आदि उपहारका रूपमा दिन सकिन्छ । टिनएजर्सहरूलाई क्याजुअल वेयर तथा विवाहिताहरूलाई साडी वा कुर्ता दिन सकिन्छ । त्यसैगरी विवाहित बहिनीहरूलाई बेड कभर, सोफा कभर, पर्दा, टेबल म्याट तथा कार्पेट पनि उपहारस्वरूप प्रदान गर्न सकिन्छ ।

ग्याजेट
आधुनिक दिदीबहिनीहरू ग्याजेट फ्रेन्डली छन् । उनीहरू आइपड, आइफोन, सेलफोन आदि उपयोग गर्न अभ्यस्त छन् । त्यसैले उनीहरूलाई बजारमा पाइने विविध प्रकारका तथा ब्रान्डका आइपड तथा मोबाइल उपहारका रूपमा दिन सकिन्छ । यस्ता वस्तु उपहार दिँदा उनीहरूलाई मन पर्ने रंग तथा आकारमा ध्यान पु¥याउनुपर्छ । त्यसैगरी कामकाजी चेलीलाई आफ्नो बजेटले भ्याउँछ भने ल्यापटप पनि दिन सकिन्छ ।

चकलेट, ड्राई पट तथा केक
दिदीबहिनीहरूलाई गिप्mट प्याक चकलेट तथा मसला पनि दिन सकिन्छ । आकर्षक डिब्बायुक्त चकलेट तथा क्याटबेरी उपहारका लागि उपयुक्त हुन्छन् । यस्ता चकलेटका विविध रेन्ज बजारमा उपलब्ध छन् । त्यसैगरी विविध मसलायुक्त आकर्षक ट्रे पनि उपहारका रूपमा दिन सकिन्छ । त्यसैगरी हयाप्पी भाइटीका लेखिएको केक पनि दिदीबहिनीलाई उपहारका रूपमा दिन सकिन्छ ।

मेकअप कीट
राम्री देखिने इच्छा सबैमा हुन्छ । विवाहिता हुन् वा अविवाहिता सबैले मेकअप गर्छन् । त्यसैले कुनै राम्रो ब्रान्डको मेकअप कीट उपहारका रूपमा दिन सकिन्छ । त्यसैगरी स्किन म्याच गर्ने मेकअपका ब्रान्डेड पनि उपहारका रूपमा दिन सकिन्छ । अहिले बजारमा विविध आकार(प्रकारका मेकअप कीट उपलब्ध छन् ।

परफ्युम
परफ्युमको वासनाले दिने तथा लिनेको सम्बन्धमा सौहादर््रता थप्छ । यसको वासनाले धेरै कुुरा व्यक्त गर्छ । त्यसैले तिहारमा चेलीहरूलाई उपहारका रूपमा परफ्युम पनि दिन सकिन्छ । अहिले नेपालमा विविध ब्रान्डेड तथा नन ब्रान्डेड परफ्युम उपलब्ध छन्  । तीमध्येबाट आफ्नो बजेटअनुुसार उनीहरूलाई दिन सकिन्छ । निनारिच्ची, बउचेरोन, पोइजन, ह्युगो, अलेक्जेयर आदि ब्रान्डहरू तिहारका लागि उपयोगी छन् ।

घडी
चेलीलाई घडी पनि उपहार प्रदान गर्न सकिन्छ । सानो होस् वा महँगो यसको उपयोगिता समान हुन्छ । त्यसैले घडी उपहारका लागि उपयुक्त सामग्री हो । नेपाली बजारमा सिटिजन, राडो, रिसोट, टाइटन, साइको, रोमान्सन, फोसिल्सजस्ता घडीका अनेकौं रेन्ज खरिद गर्न सकिन्छ ।

गहना
आपनो आर्थिक अवस्था राम्रो छ भने वर्षको एकपटक आउने चाडमा दिदीबहिनीलाई गहना उपहार दिन सकिन्छ । हीरा तथा सुनका गहनाले चेलीहरूको सुन्दरता बढ्छ भने अप्ठ्यारो पर्दा गर्जोसमेत टर्छ । आफ्नो बजेटअनुसार पेन्डेन्ट, औंठी, फुली, चेन, चन्द्रमा, टप आदि उपहारका रूपमा दिन सकिन्छ ।

ट्राभल प्याकेज टिकेट
एकै ठाउँमा बस्दा(बस्दा दिदीबहिनीहरूलाई पट्यार लागेजस्तो अनुभव भए उनीहरूलाई अहिले स्किममा निस्किएका विविध प्याकेज टिकट उपहारका रूपमा दिन सकिन्छ । अहिले भारत, मलेसिया, थाइल्यान्ड तथा सिंगापुरका विविध प्याकेज उपलब्ध छन् । त्यसैगरी डोमेस्टिकअन्तर्गत पोखरा, काठमाडौं, नगरकोट आदि ठाउँको प्याकेज टिकट पनि पाइन्छ ।

घर सजावटका सामग्री
घर सजाउन रुचि राख्ने दिदीबहिनीहरूलाई घर सजावटका सामान उपहारका रूपमा दिन सकिन्छ । बजारमा यस्ता विविध सामग्री उपलब्ध छन् । स्टाइलिस प्mलावर पट, ह्यागिङ पट, क्रेकरी, पेन्टिंग्स, बडी, फोटो फ्रेम, ल्याम्प आदि वस्तु उपहारका रूपमा दिन सकिन्छ ।

ब्याग तथा जुत्ता
तिहारमा बहिनीहरूलाई पनि जुत्ता तथा ब्याग उपहारका रूपमा दिन सकिन्छ । अहिले विविध प्रकारका जुत्ता तथा ब्यागका रेन्ज बजारमा उपलब्ध छन् । आफ्नो गच्छेअनुसार तथा उपयोगअनुसार जुत्ता तथा ब्याग उपहारका रूपमा दिन सकिन्छ । जाडो महिना नजिकिएकाले बुट दिनु अझ उपयोगी हुन्छ । उमेर, पेसा तथा मौसम सुहाउँदो उपहारको सम्झना लामो समयसम्म रहन्छ ।

Advertisement

Advertisement