तिहारको सपिङ गर्दै हुनुहुन्छ ? ध्यान दिनुस् यी कुरा

Advertisement

काठमाडौं । कतिपयले तिहारका लागि सपिङ गरिसक्नुभएको छ भने कतिपयको सपिङ भइसकेको छ । यदी तपाईं सपिङको तयारी गरिरहनुभएको छ भने केही कुरा ध्यान दिनुपर्ने हुन्छ । धेरैले घरका लागि ठुला ठुला सामान पनि तिहारमा जोड्नुहुन्छ । यो तिहारमा तपाईंले आफ्नो सपिङलाई किफायती र प्रभावकारी बनाउन सक्नुहुन्ट ।  

तिहारको सपिङको लागि बजार जानुभन्दा अघि बजेट तय गर्नुहोस् । बजेट भन्नाले कुन सामानमा कति रुपैयाँसम्म खर्च गर्न सकिन्छ मूल्यांकन गर्नुहोस् । यसले अनावश्यक खर्चलाई रोक्छ । यसको अर्काे फाइदा के भने, पैसाको बचतसँगै थोरै रकममा धेरै सामान किन्ने अड्कल पनि हुन्छ । 

Advertisement

अफरमा ध्यान दिनुस् 
तिहारको अवसरमा विभिन्न कम्पनीले अफर ल्याएका हुन्छन् । सम्बन्धीत कम्पनीको अफसियल वेबपेज हेर्नुभयो भने अफरको बारेमा राम्रो अपडेट लिन सकिन्छ । जसले तिहारमा अफरको सदुपयोग गर्ने मौका मिल्नेछ । 

सही समयमा जानुस्
तिहारको सपिङ गर्दै हुनुहुन्छ भने तिहारकै दिन जानुहुँदैन । सकेसम्म तिहार वा भाईटिकाको अघिल्लो दिन जानु उचित हुन्छ । यसले भिडभाडबाट जोगाउनुका साथै रोजेको सामान खरिद गर्न सजिलो हुन्छ । यदी सोही दिन जानुपरेमा पनि अलि ढिला जानुपर्छ । ढिला जाँदा व्यापारीले सामान सस्तोमा दिने सम्भावना रहन्छ । किनभने तिहारको सामान नबिकेमा उसले एक वर्ष घाटा बेहोर्नुपर्ने हुन्छ । 

अरु वर्षभन्दा फरक छ यसपाली
यसवर्षको तिहार अन्य वर्षको भन्दा फरक छ । कोरोना महामारीका कारण भेटघाट, आवतजावत जोखिमपूर्ण छ । यस्तो अवस्थामा सपिङको लागि जानुपरेमा मास्क र स्यानिटाइजर अनिवार्य बोक्नुहोला । साथै भौतिक दुरी कायम गरेर किनमेल गर्नुपर्छ । सकेसम्म बिहान–बेलुका सपिङमा निस्कनु हुँदैन । किनभने सबैभन्दा भिडभाड हुने समय यही हो ।   

Advertisement

Advertisement