हङ्कङमा नेपालीको रेष्टरेन्टमा आगलागी, ७ जनाको मृत्यु, ११ घाइते

Advertisement

काठमाडौं । हङ्कङको जोर्डनको एक अपार्टमेन्टमा नेपालीले सञ्चालन गर्दै आएको रेष्टुरेन्टमा आइतबार आगलागी हुँदा ७ जनाको मृत्यु भएको समाचार छ । जन्मदिन मनाउने क्रममा भएको आगलागीमा परी ९ बर्षीय बालकसहित ७ जनाको मृत्यु भएको हो । मृत्यु हुने अधिकांश बाग्लुङका हुन् । 

राति करिब ८ बजे भएको आगलागी सुरु भएको आगलागीमा ११ जना घाइते भएका छन् । उनीहरुमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको एपीले जनाएको छ । नेपालीहरुको बाक्लो बसोबास रहेको क्षेत्रमा उक्त घट्ना घटेको हो । 

Advertisement

अपार्टमेन्टमा सञ्चालित रेष्टुरेन्ट अबैधरुपमा सञ्चालन हुँदै आएको हङ्कङका अधिकारीहरुले जनाएका छन् । हङकङकी कार्यकारी प्रमुख क्यारी लामले घटनाप्रति दुःखव्यक्त गर्दै मृतकका परिवार र घाइतेलाई सहयोग गर्न तथा घटनाको कारण पत्ता लगाउन निर्देशन दिएका छन् ।

Advertisement

Advertisement