शेयर बजारमा उमङ्ग, बीमा समूहमा झुम्मिए लगानीकर्ता

Advertisement

काठमाडौँ । तिहार पर्व पछि खुलेको शेयर बजारमा उमङ्ग छाएको छ । तिहार पर्वअघिको साता पनि पाँचै दिन बढेको शेयर बजार आज पनि दोहोरो अंकले बढेको छ । कारोबार रकम पनि पौन ५ अर्ब नाघेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज नेप्से परिसूचक २३.३२ अंकले बढेको छ । १.३६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १७४१.८१ अंकमा उक्लिएको छ ।

Advertisement

 

आज १९४ कम्पनीका १ करोड १६ लाख ७४ हजार ८ सय ७५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७९ करोड १० लाख ४१ हजार ६ सय ४९ रुपियाँ बराबरको कारोबार भएको छ । 

बजारमा उमङ्ग छाए पनि बैंकिङ समूह १.२८ अंक, विकास बैंक समूह २०.६ अंक र जलविद्युत समूह १८.८१ अंकले घटेका छन् । बाँकी अरु सबै समूहमा हरियाली छाएको छ । आज बीमा समूहमा लगानीकर्ताहरु झुम्मिएका छन् । सबैभन्दा बढी जीवन बीमा सहू ५२१.३७ अंक र निर्जीवन बीमा समूह ३९७.४८ अंकले बढेको नेप्सेले जनाएको छ । 

आज गुराँस फाइनान्स लिमिटेडका शेयरधनीहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् भने घलेम्दी हाइड्रो लिमिटेडका शेयरधनीहरुले सबैभन्दा बढी ५.८० प्रतिशतले घाटा व्यहोरेका छन् । नेप्सेका अनुसार आज नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ । पुनर्बीमा कम्पनीको ३३ करोड ६२ लाख ५९ हजार ९ सय २० रुपियाँ बराबरको कारोबार भएको हो ।  

Advertisement

Advertisement