ट्रम्पले रक्षामन्त्रीपछि निर्वाचनका सुरक्षा प्रमुखलाई पनि बर्खास्त गरे

Advertisement

काठमाडौं । राष्ट्रपतीय निर्वाचनमा पराजित भएलगत्तै आफ्ना रक्षामन्त्री मार्क इस्टरलाई बर्खास्त गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनका सुरक्षा प्रमुखलाई बर्खास्त गरेका छन् । ट्रम्पले आफैले नियुक्त गरेका निर्वाचन सुरक्षा प्रमुख क्रिस्टोफर क्रेब्ससलाई बर्खास्त गरेका हुन् । 

क्रेब्ससले निर्वाचनमा कुनै धाँधली नभएको भन्दै सार्वजनिक प्रतिक्रिया दिएका थिए । तर ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै त्यसलाई कानुनी चुनौति दिएका थिए । कतिपय ठाउँमा धाँधली भएको भन्दै ट्रम्पले उजुरीसमेत दिएकोमा न्यायाधीशहरूले त्यसलाई खारेज गरिदिएका छन् । 

Advertisement

बर्खास्त गरिएका निर्वाचन सुरक्षा प्रमुख क्रेब्सस अमेरिकाको विद्युतीय सुरक्षा र भौतिक सुरक्षा निकायका निर्देशक थिए । निर्वाचनमा पराजित भएदेखि नै ट्रम्प उनप्रति असन्तुष्ट र आक्रोशित थिए । क्रेब्सस र रक्षामन्त्रीबाहेक अन्य थुप्रैलाई ट्रम्पले बर्खास्त गरिसकेका छन् । एजेन्सीहरु

Advertisement

Advertisement