१९ बाणिज्य बैंकको ईपीएस घट्यो, ठूला बैंकको बिजोग

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा बाणिज्य बैंकहरुको अपरिस्कृत वित्तिय विवरणले अधिकांश सूचकहरु खस्किएको देखाएको छ । अधिकांश बैंकको नाफा, वितरणयोग्य नाफादेखि प्रति सेयर आम्दानीमा भारी गिरावट आएको छ । २७ वटा बाणिज्य बैंकहरुमध्ये १९ वटा बैंकको प्रति सेयर आम्दानी(ईपीएस) स्वात्तै घटेको देखिन्छ । 
अझ पुराना र स्थापीत भनिएका ठूला बैंकहरुलाई कोरोनाको महामारीले ठूलै झट्का लगाईदिएको देखिन्छ । 

प्रति सेयर आम्दानी बढाउने ८ बैंक
कोरोना महामारीका बीच पनि ८ वटा बैंकहरुको भने प्रति सेयर आम्दानी बढेकै देखिन्छ । त्यसरी ईपीएस बढाउने बैंकहरुमा  एनआइसी एसिया, प्रभु, प्राइम, नेपाल बंगलादेश, सिटिजन्स, एनएमबी कुमारी र मेगा बैंक छन् । 

१९ बैंकको ओरालो यात्रा
पहिलो त्रैमासिकमा १९ वटा बाणिज्य बैंकहरुको प्रति सेयर आम्दानीमा भारी गिरावट आएको छ । त्यसमा पनि ठूला भनिएका अधिकांश बैंकहरुले ईपीएस बढाउन सकेनन् । 

Advertisement


 

Advertisement

Advertisement