शेयर बजारमा नयाँ रेकर्ड, ६ अर्ब बढीको कारोबार, पुनर्बीमा कम्पनीकै ४१ करोड

Advertisement

काठमाडौँ । शेयर बजारमा आज नयाँ रेकर्ड कायम भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार आज एकैदिन ६ अर्ब भन्दा बढीकोर शेयर कारोबार भएर नयाँ रेकर्ड कायम भएको हो ।

नेप्सेका अनुसार तिहार बिदा पछि यो साता हिजो र आज शेयर बजार खुलेको हो । हिजो २३.३२ अंकले बढेको बजार आज थप उत्साहित हुँदै ३६.३२ अंकले बढेको हो । आज २.०८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १७७८.१२ अंकमा उक्लिएको छ । 

Advertisement

आज १९८ कम्पनीका १ करोड ४० लाख ६२ हजार ५ सय ७ कित्ता शेयर किनबेच भएको छ । हिजो ४ अर्ब ७९ करोड १० लाख ४१ हजार ६ सय ४९ रुपियाँको कारोबार भएकोमा आज ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

शेयर बजारमा उमङ्ग छाएको दिन आज सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूह ३९९.१६ अंक र निर्जीवन बीमा समूह ३७६.१५ अंकले बढेका छन् ।

 

आज सबैभन्दा बढी तारागाउँ रिजेन्स होटल लिमिटेड र युनिलिभर नेपाल लिमिटेडका शेयरधनीहरुले १०–१० प्रतिशतले नाफा कमाएका छन् भने मेगा बैंक लिमिटेडका शेयरधनीहरुले सबैभन्दा बढी ३.१७ प्रतिशतले घाटा व्यहोरेका छन् । आज पनि नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ । पुनर्बीमा कम्पनीको ४१ करोड ८ लाख ४५ हजार ३ सय १० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 


 

Advertisement

Advertisement