गुराँस लाइफको सञ्चालक समितिको अध्यक्षमा विवेक दुगड चयन

Advertisement

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको अध्यक्षमा विवेद दुगड चयन भएका छन् । 

आज सम्पन्न १० औँ वार्षिक साधारण सभाले ४ वर्षे कार्यकालका लागि संस्थापक शेयरधनीका तर्फबाट विवेक दुगड, सौरभ दुगड, अपछकुमार यादव(प्रतिनिधि, सनराइज बैंक), शम्भुप्रसाद सुवेदी, विनयकुमार तोदी र सर्वसाधारण शेयरधनीको तर्फबाट विशाल तातेडलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको हो । 

Advertisement

साथै आजै सम्पन्न सञ्चालक समितिको बैठकले विवेक दुगडलाई अध्यक्षमा चयन गरेको कम्पनी सचिव बालमुकुन्द रुपाखेतीले जनाएका छन् । 


 

Advertisement

Advertisement