चन्द्रागिरी हिल्सले १८ करोडको आइपीओ जारी गर्ने अनुमति पायो

Advertisement

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले १८ करोड ४० लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले चन्द्रागिरी हिल्सलाई १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता सेयर निष्काशनका लागि अनुमति दिएको हो । 

कम्पनीले चुक्ता पुँजी एक अर्ब ५४ करोेड ९१ हजार रुपैयाँको १२ प्रतिशत बराबरको सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने अनुमति पाएको हो । चन्द्रागिरी हिल्सले आइपीओ बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । 
 

Advertisement

Advertisement

Advertisement