अनलाइन कारोबारले शेयर बजारमा नयाँ कीर्तिमानः नेप्से

Advertisement

काठमाडौँ । हिजो शेयर बजारमा ६ अर्ब ११ करोड रुपियाँको कारोबार भएपछि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) ले नयाँ कीर्तिमान कामय भएको प्रतिक्रिया दिएको छ । 

यसअघि २०७६ फागुन ११ मा ४ अर्ब ८४ करोड ७४ लाख रुपियाँ बराबरको कारोबार भएको थियो भने हिजो ५६ हजार ३ सय ४१ कारोबारमा ६ अर्ब ११ करोड ६७ लाख ३० हजार रुपियाँ बराबरको १ करोड ४० लाख ६२ हजार ५ सय ७ कित्ता शेयर किनबेच भएको छ । 

Advertisement

नेप्सेले विज्ञप्ति प्रकाशित गरी दोश्रो बजार कारोबार सेवालाई सहज, सुरक्षित विश्वासनीय तथा पारदर्शी बनाउन फुल्ली अटोमेटेड अनलाइन ट्रेडिङ सिस्टम स्थापना गरेपछि कारोबारको आकार क्रमिकरुपमा सुधारोन्मुख भएको उल्लेख गरेको छ । 

हालसम्म अनलाइन मार्फत कारोबार गर्नका लागि १ लाख ७५ हजार भन्दा बढी लगानीकर्ताले युजरनेम र पासवर्ड लिएका छन् । हिजोको कारोबारमा ३० हजार लगानीकर्ता सहभागी भएका र भएको कारोबार मध्ये ८६.२४ प्रतिशल कारोबार अनलाइन मार्फत भएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । 

तलको लिंक पनि क्लिक गर्नुहोलाः

शेयर बजारमा नयाँ रेकर्ड, ६ अर्ब बढीको कारोबार, पुनर्बीमा कम्पनीकै ४१ करोड

Advertisement

Advertisement