सुनको मूल्य ३ दिनमा प्रतितोला १ हजार २ रुपियाँ घट्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौँ । सुनको मूल्य तिहार पछिका ३ दिन लगातार घटिरहेको छ । गत बुधबार प्रतितोला १ सय रुपियाँ, हिजो बिहीबार प्रतितोला ७ सय रुपियाँ र आज पुनः प्रतितोला ४ सय रुपियाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

तिहार पछि बजार खुलेको तीन दिनमा सुन प्रतितोला १ हजार २ सय रुपियाँ घटेको हो । 

Advertisement

महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय १० रुपियाँ निर्धारण गरिएको छ ।

हिजो भने छापावाल सुन प्रतितोला ९४ हजार ४ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९३ हजार ९ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार २ सय १५ रुपियाँमा कारोबार भएको थियो ।  

यसैगरी तिहार पछि बजार खुलेको पहिलो दिन बुधबार छापावाल सुन प्रतितोला ९५ हजार १ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९४ हजार ६ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार २ सय ३० रुपियाँमा किनबेच भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको मूल्य ओरालो लाग्न थालेकाले त्यसैको प्रभाव नेपाली बजारमा देखिएको महासंघले जनाएको छ । 

Advertisement

Advertisement