एनएलजी इन्स्योरेन्सको एजीएमबाट ७ प्रतिशत बोनस पारित

Advertisement

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनीको १४औँ वार्षिक साधारण सभा(एजीएम) आज वेबीनार मार्फत केन्द्रिय कार्यालय पानीपोखरी काठमाडौँमा सम्पन्न भएको छ ।  

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरीएको २०७६ साल आषाढ मसान्तको वासलात, २०७ं५ साउन १  देखि २०७६ असार ३१ सम्मको नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसूचीहरु लगायत अन्य विषयसूचीहरु माथि छलफल भई पारित गर्ने निर्णय गर्यो । 

Advertisement

कम्पनीका अध्यक्ष विमलप्रसाद वाग्लेले आव २०७५/०७६ सम्मको संचित मुनाफाबाट ६० प्रतिशत हकप्रद शेयर जारी पश्चात कायम भएको चुक्ता पूँजी १ अरब दुई करोड छ्यालिस लाख पचास हजार रुपैयाँको ७ प्रतिशतका दरले हुन आउने रकम ७ करोड सत्र लाख पचिस हजार पाँच सय रुपैयाँ  बोनस शेयर वितरण गर्ने र सो मा लाग्ने कर प्रयोजनका लागि माथि उल्लेखित चुक्ता पूँजीको ०.३७ प्रतिशतका दरले हुन आउने रकम ३७ लाख पचहत्तर हजार छबिस रुपैयाँ नगद लाभांश प्रदान गर्ने जानकारी गराए । 

कम्पनीले आव २०७५/०७६ मा कुल बीमा शुल्क आम्दानी रु. १६६ करोड ६० लाख, खुद बीमा शुल्क आम्दानी    रु. ७० करोड १७ लाख र खुद नाफा २० करोड २४ लाख रुपियाँ गरेको छ । कम्पनीको कूल लगानीमा गत आर्थिक वर्षको तुलनामा ८.७६ प्रतिशतले बृद्धि भई २०७६ साल आषाढ मसान्तमा रु. २१३ करोड ४८ लाख पुगेको छ ।

आव २०७५/०७६ मा कम्पनीको कूल कारोबार गत आव २०७४/०७५ कोे तुलनामा १०.७१ प्रतिशतले बृद्धि भई, रु.१६६.६० करोड बीमा शुल्क आर्जन गरेको छ र यसका सबै पोर्टफोलियोहरु निरन्तर बृद्धिमा छन् ।

Advertisement

Advertisement