‘वाई वाई ग्लोकल टिन हिरो’ को २० अन्डर २० को सूची सार्वजनिक

Advertisement

काठमाडौं । सेप्टेम्बर १ गतेका दिन वाई वाइ ग्लोकल टीन हिरो नेपालको आवेदन आह्वान घोषणा मार्फत आवेदनको अन्तिम मिति नोभेम्बर १४ भनी तोकिएको थियो । आवेदनको समय समाप्त भएपछी प्राप्त आवेदनबाट उत्कृष्ट २० छनोट गरिएको छ जस्लाई ग्लोकल २० अन्डर २० भनी पहिचान गरिएको छ । 

किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो’ नेपालको यो छैठौं संस्करण हो । २० वर्षभन्दा कम उमेरका २० नेपाली प्रतिभाशाली किशोरकिशोरीहरुको यस् बर्षको ग्लोकल २० अंडर २० को सुची सार्वजनिक गरिएको छ । हाल कोभिडका प्रभावका कारण यस वर्ष डिसेम्बर १२, २०२० मा अन्लाईन अवार्ड कार्यक्रम र सम्मेलन मार्फत पुरस्कृत हुने भएका छन् । सोही दिन वाई वाई ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम पनि घोषणा गरिनेछ ।

Advertisement

ग्लोकल प्रालि र वाईवाईको संयुक्त आयोजनामा नेपालका २० वर्षभन्दा कम उमेरका २० उत्कृष्ट किशोरकिशोरीहरुको सूची सार्वजनिक गरिएको हो । ती किशोरकिशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, बातावरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरेको जनाइएको छ । समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै सूची सार्वजनिकको उद्देश्य रहेको जनाइएको छ । यस उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोरकिशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको छ ।

ग्लोकल प्रालिका कार्यकारी निर्देशक आशिष ठाकुर भन्छन्(“नेपालभरीबाट बिभिन्न क्षेत्रमा सकृय रुपमा काम गर्दै आएका यि प्रतिभाशाली किशोरकिशोरीहरुको छनोट गर्न सजिलो कार्य पक्कै पनि थिएन ।  यद्धपी समाज तथा राष्ट्रलाई टेवा पुराइरहेका यिनै जाज्वल्यमान प्रतिभाशाली  किशोर किशोरिहरुलाई पहिचन गराउन पाउदा हामी गर्व गर्दछौ ।”
यस वर्षका उत्कृष्ट किसोर किशोरीको सुची यस प्रकार रहेको छ –
- अभिषेक कर्ण, १६ , टेक्नोप्रिनर, महोत्तरी
- अमित तिमिल्सीना, १७, टेक्नोप्रिनर, बुटवल
- अन्कित मिश्र, १८, बाल अभियन्ता, बाँके 
- दिक्षा गौतम, १८, बाल अभियन्ता, काठमाडौं 
- एकराज घिमिरे, १८, बातावरण विद्, पाल्पा
- ग्रेश थापा, १८, उद्द्यमी, ललितपुर  
- लक्ष्मण पौडेल, १९, नवप्रवर्तक, बुटवल
- मन्दिरा श्रेष्ठ, १९, स्वास्थ्य अभिएन्ता , रामेछाप
- नम्रता दाहाल,१७, बाल अभियन्ता, झापा
- प्रेक्षा धामी, १८, सामाजिक अभियन्ता, कैलाली
- रीत काफ्ले, १८, शिक्षक, बिराटनगर 
- सनिफ कडेल, १८, युवा अभियन्ता, रुपन्देही  
- संस्कृति फुयाल, १७, सामाजिक अभियन्ता, काठमाडौं
- सेलिया श्रेष्ठ, १५, सामाजिक अभियन्ता, झापा 
- सुभाश शर्मा, १७, कोडर, जनकपुर 
- सुलव सुबेदी, नवप्रबर्दक, १८, इलाम 
- सुसन सापकोटा, १४, बातावरण विद् , सुर्खेत 
- स्वराज सागर प्रधान, १८, प्रोग्रामर, ललितपुर 
- वैभव नाहटा, १८, उद्द्यमी, बिराटनगर 
- योउबेश धौभडेल, १९, सामाजिक अभियन्ता, भक्तपुर

देशभरिबाट आएको ६०४ं आवेदनबाट यी किशोर किशोरीहरु छानिएका हुन् । यी २० परिवर्तक किशोर किशोरीहरु सम्माननीय निर्णायक मण्डलबाट उनीहरुको कामले समाज ल्याएको प्रभावको आधारमा चयन गरिएका हुन् । साथै उत्कृष्ट ६ को घोष्णा पनि नभेम्बर २४ तारिकमा हुने बताईको छ । चयन भएका युवाहरुको सम्मान वाई वाई ग्लोकल टिन हिरोको डिसेम्बर १२, २०२० मा हुने अनलाईन अवार्ड महोत्सब र सम्मेलन मार्फत हुने भएको भएको छ ।  

Advertisement

Advertisement