ओली र देउवाबीच तीन घण्टा लामो गोप्य भेटघाट, मिलेर जाने सहमति

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग गोप्यरुपमा भेटेको खुलासा भएको छ । शनिबार राति बालुवाटारमा भएको भेटमा तीन घण्टा कुराकानी भएको समाचार छ । 

रिपोर्टर्स क्लबले जनाएअनुसार दुवै नेताबीच मिलेर जाने सहमति पनि भएको छ । विश्वस्त स्रोतको हवाला दिँदै जनाइएअनुसार ओलीले आफ्नो पार्टीभित्र आएको समस्याबारे देउवालाई जानकारी गराउँदै सहकार्यको प्रस्ताव गर्दै साथ दिन आग्रह पनि गरेका थिए । 

Advertisement

आफ्ना विश्वासपात्र गोपालमान श्रेष्ठ र रमेश लेखकलाई लिएर बालुवाटार छिरेका देउवा तीन घण्टापछि निस्किएका थिए । ओलीले आफ्ना विश्वासपात्रहरु सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र भानुभक्त ढकाललाई सँगै राखेका थिए । बैठकमा पुष्पकमल दाहाल प्रचण्डको गतिविधिबारे समीक्षा भएको जनाइएको छ । 

Advertisement

Advertisement