चिकित्सकको लापरवाहीले सुत्केरीको ज्यान गएपछि आफन्तद्धारा अस्पताल घेराउ, चिकित्सक फरार

Advertisement

सिरहा । चिकित्सकको लापरवाहीले शनिबार राति एक एक सुत्केरीको ज्यान गएपछि उनका आफन्त र छिमेकीहरु प्रदर्शनमा उत्रिएका छन् । लहानस्थित डिभाइन हेल्थ केयरका चिकित्सकको लापरवाहीले सुखीपुर नगरपालिका ९ बैशाखा गाउँकी २७ वर्षीया आरती साहको ज्यान गएको हो । 

शनिबार दिउँसो ४ बजे भर्ना गरिएको आरतीको राति शल्यक्रिया गरिएको थियो । सामान्य सुत्केरी गराउन संभव नभएको अवस्थामा मात्रै शुल्यक्रिया गर्नुपर्ने भए पनि निजी अस्पतालहरुले पैसाको लोभमा शल्यक्रिया गर्ने प्रवृत्ति रहेको छ । 

Advertisement

मृतकका आफन्तहरुले चिकित्सकको लापरवाही गरेर सुत्केरीको ज्यान लिएको भन्दै अस्पताल घेराउ गरेपछि प्रहरी तैनाथ गरिएको छ भने सुत्केरी गराउने चिकित्सक फरार भएका छन् । आफन्तहरुले अस्पताल र पीडक चिकित्सकलाई कारवाहीको माग गरेका छन् । सुत्केरीको मृत्यु भए पनि बच्चाको अवस्था भने सामान्य रहेको जनाइएको छ । डिभाइनमा बच्चको पनि ज्यान जानसक्ने भन्दै त्यहाँबाट अर्को अस्पताल सरुवा गरिएको छ । उक्त अस्पतालले यसअघि पनि यस्तै लापरवाही गर्ने गरेको र बिरामीहरुबाट चर्को रकम अशुल्ने धन्दा गरेको स्थानीयको भनाई छ । 

Advertisement

Advertisement