सुदुरपश्चिम प्रदेशमा ९० दिनलाई पुग्ने इन्धन भण्डारण गृह बनाउन जग्गा अवलोकन

Advertisement

काठमाडौं । नेपाल आयल निगमले सुदुरपश्चि प्रदेशमा ९० दिनको माग धान्ने इन्धन डिपो निर्माणको प्रारम्भिक तयारी थालेको छ । आइतबार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहित नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको टोलीले सुदुरपश्चिम प्रदेशमा इन्धन डिपो निर्माण हुने जमिनको अवलोकन गरेका हुन् । 

सरकारले ९० दिनका लागि आवश्यक पर्ने डिजेल र पेट्रोल भण्डारण गृह निर्माण गर्ने योजना बनाएको थियो । सोही योजना अनुसार निगमले गण्डकी प्रदेशमा डिपो निर्माणको शिलान्यास गरिसकेको छ । आइतबार मन्त्रीसहित सुदुरपश्चि प्रदेश पुगेका निगम कार्यकारी अधिकृत पौडेलले प्राबिधिकहरु सम्मिलित टोली मार्फत प्रस्तावित जमिनको अवलोकन गरेका हुन् । 

कैलालीको गोदावरी नगरपालिका ८ स्यालेस्थित शिवशक्ति महिला सामुदायिक वन मातहतको ३० विगाह जमिनमा डिपो निर्माण गर्ने प्रारम्भिक तयारी गरिएको कार्यकारी निर्देशक पौडेलले बताए । अवलोकन कार्यक्रममा स्थानीय जनप्रतिनिधी, निगम प्रादेशिक कार्यालय प्रमुख चित्तरञ्जन दास, सामुदायिक वनकी अध्यक्ष हिरा शाही लगायतको सहभागीता रहेको थियो । हाल सुदुरपश्चिम प्रदेशमा इन्धन भण्डारणको क्षमता अत्यन्तै न्युन रहेकाले नयाँ भण्डारण गृह निर्माणको प्रक्रिया आरम्भ गर्न थालिएको पनि पौडेलले बताए । 
 

Advertisement

Advertisement

Advertisement