पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुले २५ प्रतिशतले बढाए नाफा

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत १८ ओटा निर्जीवन बीमा कम्पनीहरुले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजानिक गरेका छन् । 

उक्त वित्तीय विवरण अनुसार १८ ओटा कम्पनीको कुल नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको पहिलो त्रैमासमा २५ दशमलव ६२ प्रतिशत वृद्धि भएको छ । चालू आवको पहिलो त्रैमासमा १८ निर्जीवन बीमा कम्पनीहरुले कुल रू. ९६ करोड २१ लाख ३ हजार नाफा कमाएको हुन् । 

Advertisement

गत आवको पहिलो त्रैमासमा कम्पनीहरुले रू. ७६ करोड ५८ लाख ७६ हजार नाफा कमाएका थिए । वित्तीय विवरण प्रकाशित गरेका १८ ओटा कम्पनीमध्ये सबैभन्दा बढी नाफा नेको इन्स्योरेन्स कम्पनीले कमाएको छ । कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. १२ करोड ४४ लाखभन्दा बढी नाफा कमाएको हो । 

गत आवको पहिलो त्रैमासमा कम्पनीले रू। ७ करोड ५३ लाख नाफा कमाएको थियो । गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा कम्पनीको नाफा ६५ दशमलव २१ प्रतिशत वृद्धि भएको हो । त्यसैगरी, दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनीले रू. १२ करोड २३ लाख नाफा कमाएको छ ।  

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement