सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौँ । लगातार तीन दिन दिन देखि घटिरहेको सुनको मूल्य हिजो प्रतितोला ३ सय रुपियाँ बढे पनि आज भने स्थिर रहेको छ । चाँदीको मूल्य भने हिजो पनि स्थिर रहेको थियो ।  

महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय १० रुपियाँ निर्धारण गरिएको छ ।

Advertisement

हिजो पनि आजकै मूल्यमा सुनचाँदी किनबेच भएको महासंघले जनाएको छ । 

Advertisement

Advertisement