कमल थापा भन्छन्– रत्नपार्कको नाम फेर्ने कुरा स्वीकार्न सकिन्न

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम फर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वीकार्न नसकिने बताएका छन् । रत्नपार्कको नाम शंखधर पार्क भनिएको छ । 

महानगरपालिकाले रत्नपार्कको नाम परिवर्तन गर्दै उक्त ठाउँमा एक विवादास्पद व्यक्तिको शालिक ठड्याएपछि चौतर्फी विरोध भइरहेको बेला थापाले पनि त्यसको चर्को आलोचना गरेका हुन् । काठमाडौंको मुटुमा रहेको रत्नपार्कमा नाम परिवर्तन गर्दै उक्त ठाउँमा तत्कालिन विद्रोही माओवादीसँग मिलेर व्यक्ति हत्यामा सामेल रहेका तथा साम्प्रदायिक सोचका पद्यरत्न तुलाधरको शालिक राखिएको छ । 

Advertisement

नेता थापाले ट्वीट गर्दै भनेका छन्– रत्नपार्कको नाम परिवर्तनगर्ने काठमाडौं मनपाको निर्णय गलत छ। श्री ५ महेन्द्रको जीवनसंगिनी राजा बिरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल बृद्ध जीवन विताईरहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको ईतिहास मेटाउने कार्य अस्विकार्य छ । निर्णय सच्याईयोस् । जवरजस्ती गर्न खोजिए अवरोध गर्न वाध्य हुनेछौं ।

Advertisement

Advertisement