अक्सफोर्डको भ्याक्सिनले ७० प्रतिशत कोरोना निको

Advertisement

काठमाडौं । वेलायतको अक्सफोर्ड युनिभर्सिटीले तयार पारेको भ्याक्सिनले ७० प्रतिशत काम गरेको छ । ठूलो संख्यामा गरिएको तेश्रो चरणको परिक्षणबाट सो भ्याक्सिनले ७० प्रतिशत काम गरेको रिपोर्ट आएको हो । बीबीसीका अनुसार अक्सफोर्डले तयार पारेको भ्याक्सिन सस्तो र सहज ढंगले भण्डारण गर्न सकिन्छ । साथै विश्वको जुनसुकै कुनामा पनि सहजै पुर्याउन पनि सकिन्छ । 

औषधीको नियामक निकायले अनुमति दिएमा संसारभर कोरोना संक्रमण रोक्न यो भ्याक्सिनले ठूलो भूमिका खेल्ने बताईएको छ । अक्सफोर्डका अनुसन्धान कर्ताहरुले एक दशक लाग्ने भ्याक्सिनको काम १० महिनामै सम्पन्न गरेका हुन् । वेलायत सरकारले यो भ्याक्सिन १० करोड डोज भ्याक्सिन डलर अर्डर गरिसकेको छ । यो अर्डरबाट ५ करोड वेलायतीको उपचारमा प्रयोग हुनेछ । 

यो भ्याक्सिनको २० हजार जना स्वयं सेवकमा प्रयोग गरिएको थियो । त्यसको आधार वेलायती नागरिक थिए भने बाँकी ब्राजिलियन थिए । वेलायतमा ४० लाख डोज औषधी तयार भैसकेको छ र थप ९६ लाख डोज तयार हुँदैछ । 
 

Advertisement

Advertisement

Advertisement