ओली पूर्वी नेपालको भ्रमणमा निस्किए, राडीपाखी अवलोकन र कपडा वितरण गर्ने कार्यक्रम

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओली पूर्वी नेपालको भ्रमणका क्रममा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको घुन्सा पुगेका छन् । उनी नेपाली सेनाको हेलिकप्टर चढेर बिहान त्यसतर्फ लागेका हुन् । 

ओलीले घुन्सामा राडीपाखी र गलैंचा बुनाइको अवलोकन गर्नुका साथै घुन्सा फाउन्डेसनले स्थापना गरेको सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्नेछन् । 

Advertisement

घुन्सालाई नमुना गाउँ घोषणा गर्ने र स्थानीयलाई सम्बोधन गर्ने कार्यक्रम समेत बनाएका उनले आफूसँग पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, नेकपाका नेता सुवास नेम्वाङ, पत्नी राधिका शाक्यलगायतलाई पनि संगै लगेका छन् । 

ओलीलाई स्वागत गर्न तथा भेट्न स्थानीय क्षेत्रका पार्टीसम्वद्ध नेता कार्यकर्ताहरु घुन्सामा भेला भएको समाचार छ । प्रधानमन्त्रीसँगै गएकी पत्नी शाक्यले घुन्साका बासिन्दालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ । घुन्साको कार्यक्रमपछि ओली ओलाङचुङगोला र इलामको जौवारी जाने कार्यक्रमसमेत रहेको छ । 

Advertisement

Advertisement