नेकपाको एकता धर्मराएको बेला याङछीले प्रचण्डलाई भेटिन

Advertisement

काठमाडौं । सत्तारुढ दल नेकपाको पार्टी एकता धर्मराएको बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटवार्ता गरेकी छन् । 

प्रचण्डको निवास खुमलटार पुगेर यान्छीले भेटवार्ता गरेकी हुन् । दाहालनिकट स्रोतलाई हवाला दिँदै रिपोर्टर्स क्लबले जनाएअनुसार भेटवार्तामा नेपाल–चीनबीच द्धिपक्षीय सम्बन्ध विस्तारका विषयमा कुराकानी भएको थियो ।

Advertisement

नेकपका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता शेरबहादुर देउवालाई बेलाएर सत्ता साझेदारीको प्रस्ताव अघि सारेको बेला राजदूत यान्छीले प्रचण्डलाई भेटेकी हुन् । नेपालमा राजनीतिक संकट गहिरिएको बेला पछिल्ला दिनमा चिनियाँ राजदूतले सक्रियता बढाउने गरेकी छन् । 

भेटमा याङ्छीले चिनियाँ राष्ट्रपति सि जिनपिङले लेखेको पुस्तकसमेत उपहार दिएकी थिईन् । यसअघि उनले ओलीसँग तीन घण्टा लामो भेटवार्ता गरेको समाचार आएको थियो । यद्यपी याङ्छीसँग कुनै भेट नभएको ओलीका सहयोगीहरुले जिकिर गर्दै आएका छन् । उनले नेकपा विभाजन नगर्न सल्लाह दिँदै आएकी छन् । 

Advertisement

Advertisement