साल्ट ट्रेडिङको ५३औँ एजीएम मंसिर ३० गते, ३५ प्रतिशत लाभांश पारित गर्ने

Advertisement

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेको ५३औँ वार्षिक साधारण सभा(एजीएम) मंसिर ३० गते हुने भएको छ । 

आज बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे भिडियो कन्फ्रेन्स मार्फत साधारण सभा गर्ने निर्णय गरेको प्रबन्धक तथा कम्पनी सचिव उमेशकुमार ओझाले जनाएका छन् । 

Advertisement

साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन छलफलसहित पारित गर्नेछ । साथै सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर पारित गर्ने कम्पनी सचिव ओझाले बताए । 

Advertisement

Advertisement