गुराँस लाइफका अध्यक्ष विवेक दुगडले बीमा समितिका अध्यक्ष समक्ष लिए सपथ

Advertisement

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्नबाट अध्यक्षमा पुनः निर्वाचित विवेक दुगडले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ समक्ष आज सपथ ग्रहण गरेका छन् ।  

बीमा समितिले जारी गरेको बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिक २०७५ को दफा ३ को उपदफा (४) बमोजिम आज सपथ ग्रहण गरेका हुन् । 

Advertisement

सो सपथ ग्रहण समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईको समेत उपस्थिति रहेको थियो ।    


 

Advertisement

Advertisement