सुनको मूल्यमा भारी गिरावट, एकैदिन प्रतितोला १ हजार ८ सय रुपियाँ घट्यो

Advertisement

काठमाडौँ । हिजो स्थिर रहेको सुनचाँदीको मूल्य आज भने भारी गिरावट आएको छ । 

लगातार तीन दिन दिन देखि घटिरहेको सुनको मूल्य आइतबार प्रतितोला ३ सय रुपियाँ बढे पनि हिजो भने स्थिर रहेको थियो । तर आज सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपियाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि आज प्रतितोला ३० रुपियाँ घटेको छ । 

Advertisement

महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार र चाँदीको मूल्य प्रतितोला १ हजार १सय ८० रुपियाँ निर्धारण गरिएको छ ।

हिजो भने छापावाल सुन प्रतितोला ९४ हजार ३ रुपियाँ, तेजाबी सुन प्रतितोला ९३ हजार ८ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार २ सय १० रुपियाँमा कारोबार भएको थियो ।  

अन्तर्राष्ट्रिय बजारमा आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएकाले त्यसैको प्रभाव नेपाली बजारमा समेत देखिएको महासंघले जनाएको छ । 

Advertisement

Advertisement