शेयर बजार १८ सय अंक माथि, ५ अर्ब ४४ करोडको कारोबार

Advertisement

काठमाडौँ । लगातार ८ दिन बढेर हिजो झिनो अंकले घटेको शेयर बजारमा आज पुनः चमक देखिएको छ । तिहार बिदा हुनु अघिको साताका ५ दिन र तिहार पछि बजार खुलेको ३ दिन शेयर बजार निरन्तर उकालो लागेको  र हिजो नवौँ दिन २।३८ अंकले घटेको बजार आज पुनः २९.६८ अंकले बढेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज २९.६८ अंकले बजार बढ्दा नेप्से परिसूचकले १८ सय अंक पार परेको छ । १.६७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८१०.११ अंकमा उक्लिएको छ । 

Advertisement

आज १९६ कम्पनीका १ करोड १७ लाख ४८ हजार ५ सय २० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड २९ लाख ५० हजार १ सय ८९ रुपियाँ बराबरको कारोबार भएको छ । 

बजार बढेको दिन आज होटल समूह बाहेक अरु बाँकी समूहमा हरियाली छाएको छ । होटल समूह भने ३४.९२ अंकले घटेको छ । बीमा समूहमा लगानीकर्ताहरु झुम्मिए । आज निर्जीवन बीमा समूह ३२७.५१ अंक र जीवन बीमा समूह २४८.५२ अंकले बढेका हुन् । 

नेप्सेका अनुसार आज बोटलर्स नेपाल(तराई) लिमिटेडका शेयरधनीहरुले सबैभन्दा बढी ९.९९ प्रतिशतले नाफा कमाएका छन् भने सोल्टी होटल लिमिटेडका शेयरधनीहरुले सबैभन्दा बढी ३.२० प्रतिशतले घाटा ब्यहोरेका छन् । आज एनआईसी एशिया बैंकको उच्च कारोबार भएको छ । एनआईसी एशियाको ३७ करोड ३३ लाख ८६ हजार ५ सय ५ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 


 

Advertisement

Advertisement