अञ्जन श्रेष्ठसहितको टिमले सार्वजनिक गर्यो निर्वाचनपछि प्राथमिकतामा रहने विषय समेटिएको पुस्तक

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि शेखर गोल्छा समूह अन्तर्गत वस्तुगत तर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठसहितको टीमले निर्वाचनपछि आफ्नो प्राथमिकता रहने विषयहरु छनोट गरी तयार पारेको पुस्तक सार्वजनिक गरेको छ । 

निर्वाचनको प्रक्रिया सुरु हुनुअघि नै विभिन्न बस्तुगत संघका समस्या र चुनौतीहरु छनोट गरी त्यसलाई लिपिवद्ध गर्ने प्रयास स्वरुप त्यसलाई दस्तावेजको रुपमा संकलन गरी पुस्तक गरिएको आज आयोजित कार्यक्रममा जानकारी दिइयो । 

Advertisement

उक्त पुस्तकमा समेटिएका विषय सबै बस्तुगत संघका समस्या, अवसर र आगामी दिनमा पुरा गर्नु पर्ने विषय छनोट गरिएका छन् । कोभिड १९ को कारण सृजित स्वास्थ्य संक्रमण समस्यालाई मध्यनजर गर्दै विभिन्न बस्तुगत संघहरुलाई ४ भागमा विभाजन गरि समस्या पहिचान गर्ने प्रयास गरिएको छ । 

सबै बस्तुगत संघहरुलाई कृषि, उत्पादन, सेवा र व्यापार वर्गमा राखेर त्यहाँ देखिएका समस्या समाधान गर्न कसरी काम गर्ने भन्ने विषयमा छलफल गरेका गरी उक्त दस्तावेज तयार गरिएको जनाइएको छ ।  

‘सबल, सक्षम र सफल’ निजी क्षेत्र भन्ने मूलमन्त्र अंगिकार गर्दै भोलिका दिनमा नेपालमा व्यवसायिक वातावरण निर्माणमा सबैको हातेमालो आवश्यक रहेकाले निर्वाचनका बेला गरिएको प्रतिवद्धतालाई पूरा गर्न घच्घच्याउने दस्तावेजको रुपमा हामीले यो पुस्तक प्रकाशन गरेका हौं– वस्तुगत तर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठले बताए । 

भिजन बुकमा समेटिएका विषयवस्तु हेर्न यहाँ क्लिक गर्नुहोलाः

Advertisement

Advertisement