सामन्त, नरवणे, हर्षवद्र्धनको भ्रमणलाई काउन्टर दिनेगरी चिनियाँ रक्षामन्त्री आइतबार आउँदै

Advertisement

काठमाडौं । भारतको एकपछि अर्को उच्चस्तरीय नेपाल भ्रमणलाई काउन्टर दिनेगरी चीनले आफ्ना रक्षामन्त्रीलाई नेपाल पठाउने तयारी गरेको छ । चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङ्हे आइतबार आउने तय भएको छ र 

भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला औपचारिक भ्रमणका लागि बुधबार नेपाल आउँदैछन् । यसअघि भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयल र स्थल सेनाप्रमुख एमएम नरवणेले नेपाल भ्रमण गरेका थिए । 

Advertisement

नेपाल र भारतबीच सीमा अतिक्रमणलगायतका विषयमा विवाद बढ्दै गएको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना उच्च अधिकारीहरुलाई नेपाल पठाएपछि चीन पनि सशंकित भएको देखिन्छ । उनीहरुको भ्रमणलगत्तै नेपालको राजनीतिमा नयाँ तरंग देखिएको छ । 

सत्तारुढ दल नेकपाभित्रको बिग्रहले उग्र रुप लिएको छ । नेकपा फुट्न नदिन चिनियाँ राजदूत हाउ याङछी सक्रिय रहे पनि विवाद साम्य हुन नसकेपछि फेङ्हे काठमाडौं आउन लागेका हुन् । नेपालमा पछिल्ला दिनमा भारतले जस्तै चीनले पनि चासो निकै बढाउँदै लगेको छ । 

समाचार स्रोतका अनुसार काठमाडौँंमा उच्चस्तरीय भेटघाट सकेर फेङ्हे बंगलादेश र पाकिस्तानको भ्रमणमा जानेछन् । चिनियाँ रक्षामन्त्री आउने भनिए पनि उनको भ्रमणको कार्यसूची र छलफलको एजेण्डा के हो ? आधिकारिक निकायबाट अहिलेसम्म खुलाइएको छैन् । जानकारहरुका अनुसार भारत र पश्चिमाहरु नेकपा फुटाउन लागेपछि त्यसलाई रोक्न फेङ्हे नेपाल आउन लागेको हुनसक्छ । भ्रमणका क्रममा उनले केही सैन्य सहयोगको पनि घोषणा गर्नसक्नेछन् । 

Advertisement

Advertisement