काठमाडौँ । एनआईसी एशिया बैंकको शेयर मूल्य समायोजन भएको छ ।
बैंकले शेयरधनीहरुलाई प्रदान गर्ने १९ प्रतिशत बोनस शेयर पछि शेयर मूल्य समायोजन गरिएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले जनाएको छ ।
यसअघि प्रतिकित्ता रु. ६९७ कायम रहेको बैंकको शेयर मूल्य रु. ५८६ कायम गरी आजबाट कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।