सरकारले सन्थाल जातिको विकास गर्न एकिकृत बस्ती निर्माण गर्ने

Advertisement

झापा । सरकारले सन्थाल जातिको विकास गर्न एकिकृत बस्ती निर्माण गर्ने भएको छ । उर्लाबारीको नगरपालिका–८ स्थित नदी किनारामा बस्दै आएका रहेको सन्थाल जातिको प्रस्ताबित एकिकृत बस्तीको अवलोकन पछि शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सो क्षेत्रमा व्यवस्थित एकिकृत बस्ती विकास गर्ने जानकारी दिएका हुन् । 

बस्तीमा बसेका करिब ७० घर परिवारको दयनीय अवस्था देखेपछि आफुसंगै अवलोकनमा आएका सचिव डा. रमेशप्रसाद सिंह सहितको टोलीलाई  मन्त्री श्रेष्ठले तत्काल एकिकृत बस्ती बिकासका लागि कार्ययोजना तयार गर्न निर्देशन दिए । 

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सन्थाल जातिको उत्थान र विकास गर्न एकिकृत बस्ती निर्माण गरी उनीरुहको जीविकोपार्जनको विकल्प तयार गर्र्नुपर्ने विषयमा चासो देखाएपछि मन्त्री श्रेष्ठ, सचिव डा सिंह, शहरी विकास तथा भवन विभागका उच्च अधिकारी सहितको टोली झापाको उर्लाबारी स्थित सन्थाल बस्ती पुगेका थिए । 

नदी उकास क्षेत्रमा नरकट र खरको छानाले बारेर बनाएको घरमा बस्दै आएका बस्तीको अवलोकन गर्दै मन्त्री श्रेष्ठले भने– ‘तपाईहरुको समस्याको समाधान हुन्छ , राष्ट्रपति र प्रधानमन्त्री ज्युले समेत यो विषय र बस्तीमा तपाईको अवस्थाबारे चासो देखाउनुभएको छ ,यस्तो अवस्था बुझेर दुःखित हुनुभएको छ । 

मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिहले तत्काल कार्यदल बनाएर एक्सनमा जाने बताए । सचिव सिहले एकिकृत बस्ती विकासको लागि तत्काल टोली पठाएर अध्ययन शुरु गरिने जानकारी दिए । 

Advertisement

Advertisement