पाँच वर्षसम्म यो सरकार परिवर्तन हुँदैन, ढुक्क भए हुन्छः मन्त्री श्रेष्ठ

Advertisement

विराटनगर । सहरी विकासमंत्री कृष्णगोपाल श्रेष्ठले कुनैपनि हालतमा वर्तमान सरकार परिवर्तन नहुने वताएका छन् ।  विराटनगर स्थित शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाई कार्यालयको एक कार्यक्रममा मंगलबार संचारकर्मीहरुसंग कुरा गर्दै मन्त्री श्रेष्ठले  नेपाली जनताले पाँचवर्ष सम्म सरकार चलाउने म्यान्डेड दिएकाले आफनो अवधि पूरा नभएसम्म सरकार परिवर्तन नहुने वताए । 

जनताले पाँच वर्षे म्यान्डेड दिएका छन्, मन्त्री श्रेष्ठले भने– ‘प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहने यो सरकारलाई संसारको कुनैपनि ताकतले पनि गिराउन सक्दैन । यो नेपाली जनताको माया र शक्तिमा अडिएको सरकार हो ।’ मुलुकको राजनिति स्थायित्व, विकास र सम्वृद्धिका लागि आफ्नो पार्टीलाई दुई तिहाई नजिकको जनताको समर्थन रहेकाले प्रधानमंत्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार पूर्ण अवधि सम्म चल्ने उनले वताए । 

Advertisement

यो सरकार नेपाली जनताको जनमतको शक्तिवाट वनेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यकालसहित पूरा पाँच वर्षे अवधि  पूरा गरेर सरकारले इतिहास रच्ने दावी  पनि उनले गरे । जनताले दिएको मतका आधारमा पूरा पाँच वर्षे सरकार चलाएर इतिहास रच्ने अभियानमा नेकपाका कुनैपनि नेता कार्यकर्ताले  इतिहास बनाउने अभियानमा सहयोग गर्ने वाहेक विथोल्ने काम गर्लान भन्ने आफूहरुलाई नलागेको पनि बताए ।

उनले नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) ठूलो पार्टी भएकाले पार्टी भित्र केहि असहमति हुनु स्वाभाविकै भएकाले अहिले देखिएको विवादलाई कुशल व्यवस्थापन गर्न पार्टी नेतृत्व संक्षम रहेको वताए । 
 

Advertisement

Advertisement