शेयर बजार उच्च अंकले बृद्धि, ४ अर्ब ९८ करोडको कारोबार

Advertisement

काठमाडौँ । लामो समय पछि शेयर बजार आज उच्च अंकले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार आज ६४.७० अंकले बजार बढेको छ । ३.५७ अंकले बजार बढ्दा नेप्से परिसूचक १८७४.८१ अंकमा उक्लिएको छ । 

शेयर बजारमा आज १९६ कम्पनीका १ करोड ४३ लाख ७० हजार ६ सय कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड ८५ लाख २९ हजार ८ सय ८ रुपियाँ बराबरको कारोबार भएको हो । 

Advertisement

शेयर बजार उच्च अंकले बृद्धि भएको दिन आज होटल समूह बाहेक अरु सबै समूहमा हरियाली छाएको छ । लगानीकर्ताहरु आज  पनि बीमा समूहमै आकर्षित भएका छन् । निर्जीवन बीमा समूह सबैभन्दा बढी ३१६.६९ अंकले बढेको हो । 

नेप्सेका अनुसार आज शिवम् सिमेन्टस्, एनएमबि लघुवित्त वित्तीय संस्था र विशाल बजार कम्पनीका शेयरधनीहरुले सबैभन्दा बढी १०–१० प्रतिशत नाफा कमाएका छन् भने लक्ष्मी इक्वीटी फण्डका शेयरधनीहरुले सबैभन्दा बढी ३.६८ प्रतिशतले घाटा व्यहोरेका छन् ।
 
आज नेको इन्स्योरेन्स कम्पनी कम्पनी लिमिटेडको संस्थापक शेयर सबैभन्दा बढी किनबेच भएको छ । नेकोको संस्थापक ४२ करोड २९ लाख ९८ हजार ५ सय २६ रुपियाँ २५ पैसा रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement