पहिलो त्रैमासमा १२.६ प्रतिशत बढ्यो रेमिट्यान्स, २ खर्ब ५८ अर्ब भित्रियो

Advertisement

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमास(साउन–असोज) मा २ खर्ब ५८ अर्ब ८६ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । 

नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको आर्थिक वर्ष २०७७/७८ को तीन महिनाको तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय विवरणमा १२.६ प्रतिशत रेमिट्यान्स बढेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको थियो ।

Advertisement

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.६ प्रतिशतले बृद्धि भई २ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्थो आप्रवाह ४.७ प्रतिशतले घटेको थियो । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ९६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.७ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७८.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.९ प्रतिशतले घटेको थियो । 

समीक्षा अवधिमा खुद ट्रान्सफर १०.२ प्रतिशतले बृद्धि भई २ अर्ब ८६ अर्ब ९१ करोड पुगेको राष्ट्र बैंकले प्रकाशित गरेको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.८ प्रतिशतले घटेको थियो ।

 

 

Advertisement

Advertisement