अटो होस्टले चीनमा निर्मित विद्युतीय कार भित्र्यायो, मूल्य कति ?

Advertisement

काठमाडौँ । अटो होस्ट प्रालिले चीनमा निर्मित (हिनान डेरी न्यू इनर्जी अटो मोबाइल) विद्युतीय सवारी साधन नेपाली बजारमा भित्र्याएको छ । 

नेपालमै पहिलो पटक सोलार कार इएम७ र विद्युतीय कार इभी७ लञ्च गरिएको कम्पनीले जनाएको छ । 

Advertisement

दुबै मोडलहरु इपीएस, पावर वीन्डो, सेन्ट्रल लक, यल्व ह्वील, टच स्क्रिन, हिल असिस्ट, स्पेयर टायर्स जस्ता फिचरको साथ उपलब्ध हुने छन् । 

ईएम७ को बिक्री मूल्य २६ लाख ५० हजार र ईभी७ को बिक्री मूल्य २५ लाख ९९ हजार निर्धारण गरिएको छ । साथै प्रथम ५० युनिट बुकिङ गर्ने ग्राहकलाई ५० हजार क्यास डिस्काउन्ट हुने अटो होस्टका अध्यक्ष सरोज थापाले जनाएका छन् । 

Advertisement

Advertisement