एनआईसी एशियाले ‘फोटो-पात्रो २०७८’ आयोजना गर्ने, कसरी सहभागी हुने ?

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंकले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूका लागि ‘फोटो-पात्रो २०७८’ नामक फोटो प्रतियोगिता गर्ने भएको छ । 

बैंकले आफ्ना ग्राहक एवम् अन्य व्यक्तिहरूसँग रहेको फोटो खिच्ने कौशलको कदरस्वरूप २०७८ को क्यालेण्डरमा उनीहरूले कैद गरेका फोटोलाई स्थान दिने योजनाअनुरुप प्रतियोगिताको आयोजना गरेको हो । यसरी प्राप्त हुने फोटोलाई क्यालेण्डरमा राख्ने मात्र नभई बैंकले उचित नगद पुरस्कारको व्यवस्था समेत गरेको छ । 

Advertisement

प्रतियोगितामा सहभागी हुन इच्छुकहरूले सिजन, होप एण्ड पोजिटिभिटी, लाइफ स्टाइल र फ्रेण्डसीपविधाहरूमा आफुले खिचेका एक वा एकभन्दा बढी फोटो पठाउन सक्नुहुनेछ भने ५० शब्द नबढाई आफ्नो फोटोको क्याप्सन लेखी https://www.nicasiabank.com/photo-patro लिंकमा अपलोड गर्नुपर्नेछ । 

प्रतियोगिताबाट प्राप्त उत्कृष्ट १२ फोटोहरू बैंकले आफ्नो नयाँ वर्ष २०७८ को क्यालेण्डरमा प्रकाशित गर्नेछ र उक्त फोटोहरूका लागि बैंकले प्रतिफोटो रू. १०,०००/– नगद रकम पुरस्कार प्रदान गर्नेछ । यस प्रतियोगिताबाट उत्कृष्ट १२ मा सामेल हुन नसकेका अन्य आकर्षक फोटोहरूलाई बैंकले सम्मानस्वरूप आफ्नो सामाजिक सञ्जालका माध्यमहरू एवं विभिन्न प्रवद्र्धनात्मक प्रयोजनमा फोटो खिच्नेको नाम र क्याप्सनका साथ प्रकाशित गर्ने व्यवस्था गरेको छ । प्रतियोगितामा पठाउनु पर्ने फोटो कम्तीमा ५४००*३६०० पिक्सल, साइज (इन्च) १८*१२, रिजोलुसन ३०० DPI र ल्याण्डस्केप हुनु पर्नेछ । 

साथै यस प्रतियोगिता सम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइट तथा सामाजिक सञ्जालहरूमार्फत प्राप्त गर्न सकिनेछ ।

Advertisement

Advertisement