फुटबलका हस्ती म्याराडोनाको ६० बर्षको उमेरमा मृत्यु

Advertisement

ब्युनस आयर्स । फुटबलका हस्ती डिएगो म्याराडोनाको बुधबार नेपाली समयअनुसार राति ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टेनी मध्यपंक्तिका आक्रामक खेलाडी म्याराडोनालाई विश्व फुटबलकै एक उत्कृष्ट खेलाडीका रूपमा लिइन्छ ।

ब्युनस आयर्सस्थित आफ्नै घरमा उनलाई हृदयघात भएको थियो । अघिल्लो महिनामात्र उनको मस्तिष्कमा जमेको रगत शल्यक्रिया गरेर हटाइएको थियो । सो क्रममा उनलाई दुई साता अस्पतालमा राखिएको थियो । दुव्यवसनीका कारण उनी पटक पटक रोगसँग जुध्दै आएका थिए ।

Advertisement

अर्जेन्टिनाले सन् १९८६ मा विश्वकप उनकै कप्तानीमा जितेको थियो । त्यसमा क्वार्टरफाइनलमा इंग्ल्यान्डविरुद्ध गरेको दुई गोल निकै चर्चित छ । पहिलो उनले हेडबाट गोल गर्नेक्रममा हातले गोल गरेका थिए, जसलाई ‘ह्यान्ड अफ गड’ भनेर चिनिन्छ । दोसो गोल उनले आफ्नो मध्यभाग एक्लै अगाडि बढाउँदै इंग्लिस खेलाडीहरू र गोलरक्षक पिटर सिल्टनलाई छक्काउँदै गरेका थिए, जुन विश्वकपकै उत्कृष्ट गोलमा गनिन्छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement