संकटमा रेमिटान्स पठाएर अर्थतन्त्र जोगाए मुलुकबाहिरका नेपालीले

Advertisement

काठमाडौं । कोभिड–१९ का कारण विश्वभर अर्थतन्त्रमा समस्या आएका बेला नेपालमा रेमिटेन्स आयमा देखिएको सुधारले सरकारलाई सजिलो बनाएको छ । कोभिडका कारण रेमिटेन्स आय घटेर समस्या आउने अनुमान गरिए पनि उल्टै साढे १२ प्रतिशतको वृद्धिले सरकारलाई खर्च बढाउन सजिलो बनाएको हो । विश्वभर कोभिड समस्या देखिएपछि रेमिटेन्स आय कम्तीमा १५ प्रतिशतले घट्ने सर्वत्र अनुमान थियो ।

राष्ट्र बैंकका अनुसार यो वर्षको तीन महिना (साउन–असोज)मा रेमिटेन्स २ खर्ब ५८ अर्ब ८६ करोड रूपियाँ भित्रिएको छ । यो १२.६ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्ष यो समयमा रेमिटेन्स ५।१ प्रतिशतले घटेको थियो । रेमिटेन्समा आएको सुधारका कारण शोधनान्तर स्थिति, विदेशी विनिमय सञ्चिति, चालु खातालगायत बाह्य क्षेत्रको स्थायित्वमा सरकारलाई कुनै समस्या देखिएको छैन । 

Advertisement

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement