नेपाल–चीन व्यापारसम्बन्धी कार्यान्वयन अलपत्र, कार्यदलको बैठक बस्न सकेन्

Advertisement

काठमाडौं । नेपाल–चीन व्यापारसम्बन्धी समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको १ वर्ष बिते पनि यसमा कुनै प्रगति भएको छैन । २०७६ असोजमा चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका क्रममा भएको व्यापारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि ‘नेपाल–चीन व्यापार संयुक्त कार्यदल’ गठन गरिए पनि हालसम्म यसको बैठक एकपटक मात्रै बसेको छ ।

द्विपक्षीय व्यापारमा देखिएका समस्याहरू सल्टाउन र व्यापार वृद्धि गर्न कार्यदल गठन गर्ने सहमति भएको थियो । गत असोजमा भएको भर्चुअल बैठकमा कोरोना संक्रमणका कारण नाकामा देखिएको समस्या समाधानका साथै ट्रान्जिट रुट सञ्चालनमा ल्याउने विषयमा छलफल भएको थियो । तर, अझै नाका पूर्णरूपमा सञ्चालनमा आएका छैनन् । चिनियाँ लगानी नेपाल भित्र्याउने विषयमा समेत कार्यदलको बैठकमा छलफल भएको मन्त्रालयका सहसचिव प्रकाश दाहालले जानकारी दिए ।

Advertisement

नेपालको उत्तरी छिमेकी मुलुक चीनसँगको व्यापार सहजीकरणका लागि गरिएको पारवहन ढुवानी सम्झौता प्रोटोकल कार्यान्वयन गर्ने विषयमा पनि छलफल भइरहेको मन्त्रालयले उल्लेख गरेको छ । यद्यपि कोरोना संक्रमण जारी रहँदा निर्यात–आयातमा परेको प्रभाव हटाउन कार्यदलले प्रभावकारी भूमिका खेलेको देखिएको छैन ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement