एलआईसी नेपालद्वारा शेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश दिने घोषणा

Advertisement

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडले शेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

हिजो अपरान्ह बसेको सञ्चालक समितिको बैठकले आव २०७५÷७६ को नाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) प्रस्ताव गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत(सीईओ) एलपी दाशले जनाएका छन् । 

Advertisement

साथै वासलात मितिमा कायम रहेको चुक्ता पूँजी १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८ सय रुपियाँको आधारण प्रस्तावित लाभांश १४.१५ प्रतिशत हुने र सो मध्ये १३.४४ प्रतिशत बोनस शेयर ०.७० प्रतिशत नगद लाभांश हुने सीईओ दाशले बताए । 

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश बीमा समितिको स्वीकृति र आगामी साधारण सभाबाट पारित भए पनि वितरण हुनेछ । कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब १ करोड रुपियाँ रहेको छ । 

Advertisement

Advertisement