ग्यापुले ल्यायो अर्को ठूलो अफर, शुक्रबार समान किन्दा ६० प्रतिशतसम्म छुट

काठमाडौँ । नेपाली इ कमर्श ग्यापु मार्केटप्लेसले मङ्सिर १२ गते शुक्रबार ब्ल्याक फ्राईडे घोषणा गरेको छ । जस अन्तर्गत होम अप्लाइन्स र विभिन्न प्रकारका अल्कोहल खरिद गर्दा ६० प्रतिशतसम्म छुट पाइने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए ।

माछापुच्छ्रे बैकंसँगको सहकार्यमा ग्यापुले बैकंको प्रयोगकर्तालाई एक लाख रुपैयाँ बराबरको २० प्रतिशत क्यासब्याक दिने बताइएको छ । त्यस्तै  एनआईसि एसिया बैंक र प्रभु पेको सहकार्यमा २० प्रतिशत क्यासब्याक दिइने छ ।

त्यस्तै ग्यापुले ब्ल्याक फ्राईडे ज्याकपट पनि ल्याएको छ जसको भाग्यशाली बिजेताले ग्यास गिजर र होम थिएटर निःशुल्क पाउने ग्यापुले जनाएको छ ।

ग्यापुमा सपिङ गर्न मोबाल एप वा कम्पनीको  वेबसाइट मार्फत अर्डर गर्न सक्नेछन् । ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे, सेल पे, खल्ती, आइएमइ पे, कनेक्ट आईपिएस र ई सेवा मार्फत भुक्तानी गर्न सक्नेछन् भने  डेलिभरीकै बेला विश्वभरका जुनसुकै बैकंका डेबिट र क्रेडिट कार्ड स्वाइप गर्न सुविधा समेत उपलब्ध छ । साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्नेछन् ।