Advertisement

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताहरुलाई ऋण र सापटी पनि दिने भएको छ । कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले कोष कार्यान्वयनको दुई वर्ष पुगेको अवसर पारेर योगदान कर्तालाई सापटी र ऋण दिने व्यवस्था गरिएको बताए । सो सम्बन्धी कार्यविधि कोष सञ्चालक समितिले तयार पारि मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पठाईसकेको छ । मन्त्रिपरिषदले कार्यविधि पास गरेपछि योगदानकर्ताले सापट र ऋण दुबै  पाउनेछन् । 

त्यस बाहेक योगदान कर्ताहरुले चाहेको खण्डमा बिचमै आफ्नो रकम झिक्न पनि सक्नेछन् । ‘कोष  प्रति विश्वास र आकर्षण बढाउनका लागि ऋण र सापटीको सुविधा दिन लागेका हौं, त्यस बाहेक योगदान कर्ताले चाहेको बेला आफ्नो रकम झिक्न पाउने सुबिधा पनि उपलब्ध हुनेछ’, कोषका कार्यकारी निर्देशक ज्ञवालीले कर्पाेरेट नेपालसँग भने । 

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषहरु विघटन नगरि सामाजिक सुरक्षा कोष ल्याउँदा केहि अन्यौलता उत्पन्न भएको पनि उनले बताए । सरकारले लकडाउन अवधीको योगदान वापतको एक अर्ब ३ करोड रुपैयाँ तिरिदिएपछि रोजगारदाता र श्रमिकको आकर्षण बढेको पनि उनले बताए । कोषले केहि समयभित्रै स्वरोजगार र अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई पनि समावेश गर्दैछ । त्यस बाहेक सरकारी ज्यालादारी तथा करारका कर्मचारीहरुलाई पनि समेट्ने सम्बन्धी प्रक्रिया अघि बढाईसकेको छ । 

Advertisement

Advertisement

Advertisement