धितोपत्र बोर्डले मुख खोल्यो- 'विचार गरेर मात्रै लगानी गर्नु'

Advertisement

काठमाडौं । सेयर बजार बढेर नयाँ रेकर्ड कायम भएपछि धितोपत्र बोर्डले मुख खोलेको छ । बोर्डका प्रवक्ता निरज गिरीले आज विज्ञप्ति प्रकाशित गरी सूसुचित भई सजगतापूर्वक लगानी गर्न आव्हान गरेका हुन् । 

आज नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गरेको छ । यसअघि हिजो १९६८.२७ अंकमा पुगेको रेकर्डलाई उछिन्दै नेप्से आज १९९७.०५ अंकमा पुगेको हो । पछिल्लो १४ करोबार दिनमध्ये १३ दिन सेयर बजार निरन्तर बढिरहेको छ । लाभांश समेत नदिईरहेका कम्पनीहरुको पनि मूल्य बढेपछि चलखेलको आंशका गर्न थालिएको थियो । हिजो आइतबार शेयर किनबेच भएर इतिहासकै सबै भन्दा धेरै कारोबारको रेकर्ड पनि कायम भएको थियो । हिजो ९ अर्ब २२ करोड रुपियाँको शेयर किनबेच भएको थियो । 

Advertisement

 

तलका लिंक पनि क्लिक गर्नुहोस्ः 

शेयर बजारमा आज पनि उत्साहः नेप्से उच्च बिन्दुमा, ८ अर्ब ८६ करोडको कारोबार

शेयर बजार बढिरहँदा लगानीकर्ताहरुलाई नेप्सेको सुझाव-‘यी कुरामा ध्यान दिनुहोस्’

सेयर बजार १८८१ को दोब्बर बिन्दुमा पुग्छः लगानीकर्ता

लगानीकर्ताले भनेः ब्रोकर कमिसन ०.२५ प्रतिशत बनाऔं

 

Advertisement

Advertisement