डिशहोमको ‘द स्ट्रिङ्स’को फाइनलको यस्तो छ तयारी

Advertisement

काठमाडौं । डिशहोमले सुरु गरेको डिजिटल रेष्टो इङलिस साङ्गीतिक प्रतियोगिता ‘द स्ट्रिङ्स’को फाईनल प्रतियोगिता हुन लागिरहेको छ । डिशहोमले रियालिटि टिभीमा १३ र १७ गते गरी दुई भागमा यस शो को प्रसारण हुने जानकारी दिएको छ । 

शनिवारको प्रतियोगिताको प्रशारण राति ८ः३० बजे र फाईनल प्रतियोगिता १७ गते बुधवार राति ८ः३० बजे हुने छ । प्रतिस्पर्धीहरु क्रमसः शिभाना श्रेष्ठ, तुसिता मास्के, स्वर्णिम श्रेष्ठ, रिया श्रेष्ठ र योगेन राई बीचको प्रतिस्पर्धाको प्रशारण रियालिटि टिभीमा हुने जानकारी दिइएको छ । 

Advertisement

फाईनल प्रतियोगितामा पुगेका प्रतिस्पर्धी बीचको साङ्गीतिक प्रतियोगीता झन उत्साहजनक र रोचक हुने डिशहोमको भनाई छ । प्रतियोगिहरुमध्येबाट विजेताको छनौट निर्णायकको निर्णय र प्रतियोगिले प्राप्त गरेको भोटिङको आधारमा गरिनेछ । 

निर्णायकहरुमा युलिया कोईराला, पेम्बा लोप्चा र निर्वाणा चौधरी रहनेछन् । उनीहरुलाई भोट गर्ने तरिकाको बारेमा थप जानकारीका लागि डिशहोमको आधिकारिक फेसबुक पेजमा गएर हेर्न सकिन्छ । 

डिशहोमले सुरु गरेको डिजिटल रेष्ट्रो इङलिस साङ्गीतिक प्रतियोगिता ‘द स्ट्रिङ्स’मा ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीतहरु सहभागीहरुले गाएर डिशहोमको आधिकारीक फेसबुक पेजमा अपलोड गरेका थिए । 

विभिन्न समयमा डिशहोमले संचालन गर्ने यस्ता प्रतियोगीतामार्फत ग्राहकहरुले मनोरञ्जनका साथै आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने माध्यम पनि पाउने गरेको कम्पनीको भनाई छ । ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीत मनपराउने सम्पूर्णले यस साङ्गीतिक प्रतियोगीतामार्फत मनोरञ्जन लिने डिशहोमले विश्वास लिएको छ । 
 

Advertisement

Advertisement