जनआन्दोलनको झल्को दिनेगरी देशभर पूर्वराजाको पक्षका प्रदर्शन

Advertisement

काठमाडौं । जनआन्दोलनको झल्को दिने गरी गत ४ मंसिरमा राजावादीले धनगढीमा मोटरसाइकल र्याली गरे । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाजको आवरणमा र्यालीको आह्वान गरिएको भए पनि भित्री रूपमा सम्पूर्ण व्यवस्थापन हिन्दू राष्ट्र र राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको थियो । र्यालीमा राजावादी मात्र होइन, सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेस समर्थक पनि देखिन्थे । 

आयोजकले त नेकपा र कांग्रेसका समर्थक मात्र होइन, कार्यकर्तासमेत र्यालीमा सहभागी भएको दाबी गरेको छ । ‘सोचेभन्दा बढीको सहभागिता रह्यो, हामीले आह्वान मात्र गरेका हौँ, जनता स्वतस्फुर्त रूपमा सडकमा आए । अरू पार्टीका कार्यकर्ता पनि सहभागी भए,’ आयोजक समाजका संयोजक रविन्द्र कार्कीले भने । 

Advertisement

धनगढी–अत्तरिया–धनगढीसम्म गरिएको ¥यालीमा सात हजारभन्दा बढीले सहभागिता जनाएको कार्कीको दाबी छ । यो सहभागिताले अहिलेको व्यवस्था फेल भएको पुष्टि गरेको उनको भनाइ छ । ‘लोकतान्त्रिक व्यवस्था फेल भएको र जनतामा व्यवस्थाप्रति नै वितृष्णा बढेको पुष्टि र्यालीले गरेको छ,’ कार्कीले भने । 

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement