केपीले केटी नपाएको बेला मैले केटी मिलाइदिएर राधिकासँग बिहे गराइदिएको हुँः पाण्डे

Advertisement

काठमाडौं । नेकपा नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओलीले केटी नपाएर बिबाह गर्न नसकेको अवस्थामा आफूले केटी खोजेर बिबाह गराइदिएको दावी गरेका छन् । 

एपीवान टेलिभिजनको एक कार्यक्रममा कुराकानी गर्दै पाण्डेले भने, केपीको केटी मागिदिएको मैले, बिहे गर्नका लागि, अहिलेको राधिकाजी । उहाँ जेलबाट छुट्नुभयो, राधिकाजी बिहे नभएर बसिरहनुभएको थियो । उहाँ हाम्रो जिल्लाको पार्टी कमिटिको सदस्य हुनुहुन्थ्यो । मैले बिहे गर्ने ? त्यो बेलामा पार्टीको के चलन थियो भने पार्टीका नेता जस्को बिहे भएको छैन, केटा वा केटी जोडाइदिने कर्तव्य पनि पार्टीको हुन्थ्यो । कसैले आफै मायाप्रेम गर्ने र बिहे गर्न स्वीकृति माग्थे । मैले केपी कमरेडलाई सोधें । गर्ने केटी पाएदेखि भन्नुभयो उहाँको त्यही ठट्यौलो शैलीमा । मैले भिन्न प्रसंगमा लगेर राधिकालाई देखाइदिएँ । उहाँले हुन्छ भन्नुभयो । मैले राधिकाजीलाई पनि सोधें फलानोसँग बिहे गर्ने हो ? भनेर । पहिला पनि मैले सोध्दा नाई भन्नुहुन्थ्यो । केपीको नाम लिएपछि बोल्दैबोल्नुभएन् । भनेपछि मन परेछ भन्ने बुझ्न्पर्यो । 

Advertisement

पाण्डेले केपी र आफू एउटै थालमा भात खाएर हुर्किएको मान्छे भएको दावी गर्दै तर केपी अहिले परिवर्तन भएको बताए । उनले चितवनमा गएको हप्ता आफूविरुद्ध भएको विरोध प्रदर्शनमा केप ीओली पक्षधरको हात रहेको भन्दै ओलीको आलोचना पनि गरे ।  

Advertisement

Advertisement