राजाको पक्षमा जनलहर देखिएपछि बाबुराम भन्छन्– अरु जे भने पनि आफूलाई 'राष्ट्रवादी' नभन

Advertisement

काठमाडौं । देशभर राजसंस्थाका पक्षमा जनलहर देखिएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईमा छटपटी देखिएको छ । उनले श्ुक्रबार ट्वीट गर्दै राजसंस्था पक्षधरहरुलाई आर्फ राष्ट्रवादी नभन्न आग्रह गरेका छन् । 

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता आधुनिक नेपालरुपी खाटका चार खुट्टा भएको जिकिर गर्दै बाबुरामले एक खुट्टा मात्रै भाँचिए पूरै खाट लड्ने तर्क गरेका छन् । 

Advertisement

उनी भन्छन्, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका ४ खुट्टा हुन्।यीमध्ये कुनै एक खुट्टा भॉचिदा पूरै खाट लड्छ । यो वैज्ञानिक तथ्य विभिन्न पार्टीभित्र रहेका छद्म राजावादी, एकल धर्मवादी, संघीयताविरोधीहरूले बेलैमा बुझून्।चकचके बॉदरको कथामा झैं आफ्नै अण्डकोष नफोरून् ! 

बाबुराम थप्छन्, ‘पूर्व राजा र राजावादीहरूले अरू जेसुकै दावी गरे पनि आफुलाई ‘राष्ट्रवादी’ चैं नभनून् ! उनको जस्तो धर्मको राजनीति देशबाहिर कस्ले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको छ नेपाली जनताले बुझेका छैनन् भन्ने नठानून् । नेपालमा गणतन्त्रको जग हल्लिदा आउने अस्थीरताले देशको भविष्य के हुन्छ सोचून् !

Advertisement

Advertisement