वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ भारी मतअन्तरले विजयी

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको वस्तुगततर्फको मतगणनामा अन्जन श्रेष्ठ विजयी भएका छन । कुल १०१ मतमा अन्जनले ६२ मत पाएका छन् भने उमेशलाल श्रेष्ठले ३७ मत पाएका छन् । बाँकी मत बदर भएको छ । 

कम्युनिष्ट संस्थापक नेता पुष्पलालका छोरा उमेशलालले यसअघिका निर्वाचनमा बाबुका कारण सहानुभुतिको मत पाउँदै आएकोमा यस पटक त्यो मत पाउन असफल भएका छन् । अन्जनको पक्षमा देखिएको नजिताले महासंघको वरिष्ठ उपाध्यक्ष र अन्य उपाध्यक्षहरुमा पनि किशोर प्रधान र उनको पक्षले जित हाँसिल गर्नसक्ने संकेत देखिएको छ ।